नेभिगेशन
राजनीति

गोप्य भिडियो खिचेको भन्दै रास्वपाका क्षेत्रीय पदाधिकारी निलम्बित

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन क्षेत्र समितिका एक पदाधिकारीलाई पार्टी अनुशासन उल्लंघन गरेको कारण जिम्मेवारीबाट तीन दिनका लागि निलम्बन गरेको छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले  रास्वपाले उक्त नेतालाई गत जेठ ५ गते निलम्बन गरेको जानकारी दिएका छन् ।

व्यक्तिको प्रतिष्ठामा आँच आउने भन्दै उक्त व्यक्तिको परिचय भने नखुलाइएको बुर्लाकोटीले जानकारी दिए ।

उनले भनेका छन्- ‘अनुमतिबिना पार्टीका केन्द्रीय पदाधिकारीसँगको भेटमा एक निर्वाचन क्षेत्र उपसंयोजकले मोबाइलबाट गोप्य रूपमा भिडियो रेकर्ड गरेको पाइएकोले निजलाई अनुशासनात्मक कारबाही स्वरूप निलम्बन गरिएको हो । व्यक्तिगत प्रतिष्ठामा आँच आउन नदिनका लागि पार्टीले निलम्बनमा परेका व्यक्तिको परिचय खुलाएको छैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति