नेभिगेशन
राजनीति

महावीर पुन भन्छन्- उर्जामन्त्रीलाई बृहत जन आन्दोलन गरेर नहटाए देश डुब्ने भयो

काठमाडौँ -महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पुनले दिउँसै रात पार्ने उर्जामन्त्रीलाई बृहत जनान्दोलन गरेर नहटाए देश डुब्ने उल्लेख गरेका हुन् ।

उनले खड्कालाई कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हटाउने छाँटकाँट नदेखिएकाले बृहत जनआन्दोलन अन्तिम उपाय देखिएको बताएका छन् ।

उनले भनेका छन्- 

ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ । त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो। तर उनीहरुले हटाउने छाँटकाँट देखिएन। बृहत जनआन्दोलन अन्तिम उपाय देखियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति