नेभिगेशन
राजनीति

संसदको सामाजिक समिति सभापति साहमाथि सांसद मियाँद्वारा ‘माइक’ प्रहार, कारण सामान्य

काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकका क्रममा माओवादी सांसदले सभापति किरण साहलाई माइक प्रहार गरेकी छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले समितिका सभापति साहमाथि माइक प्रहार गर्नुको कारण बोल्ने समय नपाउनुको झोँक रहेको बताइएको छ।

बैठकमा लफडा भएपछि सभामुख देवराज घिमिरेले यस विषयमा चासो देखाएका छन्। उनले सभापति साहसहित सांसदलाई छलफलमा बोलाएका छन्। 

बैठकमा सहभागी माओवादीकी अर्का एक सांसदका अनुसार सभापति साहले बोल्ने पालो नदिएपछि उत्तेजित हुँदै मियाँले माइक र आफ्नो अघि राखेको नेमप्लेट उठाएर हानेकी हुन्। 

यद्यपि, सभापति साहलाई त्यसले लागेन। यो आवेगको अन्य कारण पनि खुलेका छन्। माइक प्रहार गर्ने सांसद मियाँले विभिन्न अनुगमनहरुमा आफ्ना मान्छेलाई मात्रै लगेर भत्ता खाने सभापति साहलाई माइक हानिएको बताएकी थिइन्।

सभापति साह भने रौतहट निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद हुन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति