नेभिगेशन
खेलकुद

युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

काठमाडौँ । नेपालले युएईलाई पराजित गर्दै आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि छनौट भएको छ । थाइल्याण्ड सम्पन्न एशिया छनौटको सुपर थ्री अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल ग्लोबल क्वालिफायारमा छनौट भएको हो ।


युएईले दिएको ११५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३० रन बनाएकी थिइन् ।  त्यसैगरी रुबिना क्षेत्रीले २३ र सम्झना खड्काले २१ रन बनाएकी थिइन् । 


यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै ११४ रन बनाएको थियो । युएईकी  इशा ओजाले सर्बाधिक ३९ रन बनाएकी थिइन् भने थीर्था सतिशले २१, हिना होटचानदनीले २० रन बनाएकी थिइन् ।


नेपाली बलर मनिषा उपाध्यायले सर्बाधिक ४ विकेट लिएकी थिइन् भने कविता कुँवरले २ र राजमती ऐरीले एक विकेट लिएकी थिइन् ।


यो जितपछि नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि छनौट भएको छ । त्यस्तै आयोजक थाइल्याण्ड पनि ग्लोबल क्वालिफायरमा पुगेको छ । युएई भने सुपर थ्रीका दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ ।


नेपालले अब सुपर थ्रीको आर्को खेल मंगलबार थाइल्याण्डसँग खेल्ने छ ।     

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद