नेभिगेशन
खेलकुद

महिला फुटबल टोलीकी कप्तान ‘साम्बा’ लाई मर्स्याङ्दी गाउँपालिकाको सम्मान

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाले बिहीबार एक कार्यक्रम गर्दै साम्बालाई सम्मान गरेको हो ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले फूलमाला, दोसल्लासहित सम्मान पत्रले सम्मान गरेका हुन । साम्बाले गाउँपालिका अध्यक्षलाई आफूले लगाउने जर्सी उपहार दिएकी थिइन् ।

साम्बालाई मर्स्याङ्दी गाउँपालिका युवा तथा खेलकुद विकास समिति, अमर माध्यमिक विद्यालयले पनि सम्मान गरेका थिए । 

मर्स्याङ्दी गाउँपालिका ९, सिम्पानी पामचोकमा जन्मिएकी साम्बासँग भारतदेखि युरोपका विभिन्न लिग खेलेको अनुभव छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

स्पेन महिला युरो कपको फाइनलमा