नेभिगेशन
खेलकुद

युएईले नेपाललाई दियो ११५ रनको लक्ष्य

काठमाडौँ - युएईको महिला क्रिकेट टिमले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौटको सुपर थ्री अन्तर्गतको खेलमा युएईले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै ११४ रन बनाएको हो ।

युएईकी  इशा ओजाले सर्बाधिक ३९ रन बनाएकी थिइन् भने थीर्था सतिशले २१, हिना होटचानदनीले २० रन बनाएकी थिइन् ।

नेपाली बलर मनिषा उपाध्यायले सर्बाधिक ४ विकेट लिएकी थिइन् भने कविता कुँवरले २ र राजमती ऐरीले एक विकेट लिएकी थिइन् ।
       

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

स्पेन महिला युरो कपको फाइनलमा