नेभिगेशन
खेलकुद

आइपिएलमा लखनउ र सनराइजर्सबीच खेल हुदै

काठमाडौँ - आज जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत एक खेल हुदैछ ।
आज लखनउ सुपर जाइन्ट र सनराइजर्स हैदरावादबीच खेल हुदैछ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुनेछ ।

जारी आइपिएलमा सनराइजर्स प्लेअफको दौडबाट यसअघि नै बाहिरिइसकेको छ । सनराइजर्सको हाल ११ खेलमा ७ अंक रहेको छ र आठौँ स्थानमा रहेको छ । अर्कोतर्फ लखनउ सुपर जाइन्टको पनि प्लेअफको सम्भावना निकै कम रहेको छ । लखनउको हाल ११ खेलमा १० अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

यस सिजनमा दुवै टिमबीच मार्च २७ मा भएको खेल लखनउले ५ विकेटले जितेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद