नेभिगेशन
विचार
टिप्पणी

आईजी थापाः कौरबहरूको सत्ता मोर्चाका ‘कर्ण’

काठमाडौं– प्रहरी अधिकारीलाई थाहा हुन्छ कि उनीहरुले प्रत्येक पटक युनिफर्म लगाएपछि अरुको सुरक्षाका निम्ति जोखिम मोलिरहेका हुन्छन्।

अहिले सामाजिक सञ्जालमा छिटपुट र गन्न सकिनेगरी प्रहरीका केही व्यक्तिहरूको गतिविधि देखिन थालेका छन्। तर संगठनले तिनलाई निगरानीमा राखेर अनुशासनको कारबाहीमा कुनै कसर बाँकी राखेको छैन। 

जनतासँग प्रत्यक्ष जोडिने सरकारको सबैभन्दा गहिरो इकाई प्रहरी हो। अनेक समस्याका चाङ पहिला प्रहरीकहाँ पुग्छ अनि मात्र सरकारका अन्य निकायको प्रक्रियामा चढ्छन्।

८० हजार प्रहरी कर्मचारीको नेतृत्वमा पुग्नु र तिनलाई कानुनसम्मत चलाउनका लागि हरप्रयत्न सफल बन्ने यात्रा भनेको असाधारण क्षमता नै हो। कोही एक त्यहाँ पुग्छन्। र, अहिले पुगेका छन्, प्रहरी महानिरिक्षक (आईजी) दीपक थापा।

उनको कर्मयोग राम्रो थियो भन्ने प्रमाण के पनि हो भने दर्जनभन्दा बढी प्रहरीका पूर्वआईजी शुभकामना दिन पुगे। हरेक विषयमा ज्ञान राख्न सक्ने खुबी भएका थापा जसै नेतृत्वमा पुगे अनि राजनीतिक अस्थिरताको खेलको जालझेल कामको चुनौती उनका सामु थपिए। तैपनि तिनलाई ट्याकल गरिरहेका छन्।

सत्ता र राज्यबाट प्रहरी चल्नुपर्ने कानुनी आधार छ। त्यहि आधारमा कार्य सम्पादन गर्नुपर्ने अवस्था छ। आईजी थापा कतिपय विषयमा दबाबमा पनि हुन्छन्। 

सत्ता जहिले पनि आलोचनाको पक्ष हो। अझ लामो समयदेखि सत्ता हाँकिरहेका कांग्रेस र एमालेको गठबन्धनको सरकार त यसै पनि आलोचनाको टाकुरामा छ। 

त्यस्तोबीच यीनैले चलाएको सरकारको निर्देशन पालना गर्नु कर्तव्य पनि बन्छ, आईजी थापाका निम्ति। कति कानुनसम्मत पनि आलोचना हुने काम रहन सक्छन्। 

यसकारण आईजी थापालाई एउटा कोणबाट हेर्ने हो भने सत्ता–राजनीतिको गतिमा उनी कौरबहरूको युद्ध मोर्चामा रहेका कर्ण जस्ता देखिन्छन्, पाइन्छन्।

संगठनका तल्ला तहका सिपाहीसमेतले आफूमैत्री ठानेका आईजी थापा किन यस्तो देख्छ, टिप्पणीकार भने सरकार निक्कै आलोचित छ। तर यसले चलाउने संयन्त्रका कतिपय जिम्मेवार मानिसचाहिँ असल छन्। 

कर्ण नै किन? यसका लागि कर्णका बारेमा जान्न आवश्यक हुन्छ। 

कर्णको दानशीलतासँगै उनको मित्रताको निष्ठा पनि उत्तिकै प्रसिद्ध छ। उनले सधैं दुर्योधनलाई मित्रको रूपमा साथ दिए, यद्यपि दुर्योधनका केही कार्य अनुचित थिए। जब सम्पूर्ण संसारले पाण्डवहरूलाई समर्थन गरिरहेको थियो, कर्ण दुर्योधनको पक्षमा अडिग रहे।

कर्णको जीवन विभिन्न द्वन्द्व र विकल्पले भरिएको थियो। एकातिर उनी आफ्नो भाइहरू (पाण्डवहरू) सँग युद्ध गर्दै थिए, जसको सत्यता उनलाई पछि मात्र थाहा भयो। भगवान कृष्णले उनलाई युद्धअघि आफ्नो सत्य पहिचान बताउँदै पाण्डव पक्षमा आउन आग्रह गरे, तर कर्णले कुन्तीको पुत्र भए पनि दुर्योधनसँगको मित्रता र आफ्नो कर्तव्यलाई प्राथमिकता दिए।

युद्धमा अर्जुनसँग लड्दालड्दै उनको रथको पाङ्ग्रा दल्यो, उनले समय मागे तर अर्जुनले कृष्णको आग्रहमा समय नदिई उनलाई मारिदिए। उनको मृत्यु पनि एक वीर योद्धाको जस्तो भयो, जसले अन्तिम क्षणसम्म आफ्नो धर्म निभाउने प्रयास गरे।

उनले कृष्णलाई बचन पनि दिएका थिए– मेरो नीतिशास्त्रले बचनमा बाँधिएको र उपकारको ऋणबाट मुक्त हुने अवस्था नरहेका कारण कुन्तीका ५ पुत्र मध्य ५ रहन्छन्। युद्ध मोर्चामा अर्जुन या ममध्य एक त बाँच्न। यति मात्र होइन, कुन्तीका सबैभन्दा जेठा छोरा भएका कारण उनले पाण्डवका जेठा भनिएका युद्धिष्ठिरको राजा बन्ने अधिकार पनि खोस्न नचाहेको बताएका थिए।

दानवीर कर्णको कथा केवल एक युद्धवीरको कथा होइन, यो एक यस्तो पात्रको कथा हो, जसले जन्मदेखि मृत्युसम्म समाजको अन्याय, असमानता र चुनौतीहरूको सामना गरे। उनका गुण—दानशीलता, मित्रप्रेम, वीरता, तथा आत्मसम्मान आज पनि आदर्शका रूपमा स्मरण गरिन्छ।

अन्ततः, कर्णको जीवनले हामीलाई सिकाउँछ कि व्यक्तिको मूल्य उसको कर्मले निर्धारण गर्छ, न कि उसको जन्मले। उनी युगौंसम्म एक प्रेरणादायी पात्रका रूपमा सम्झिइरहनेछन्। तैपनि उनी दुर्योधनको सत्ता लोभको चक्रको साथमा, कौरबको मोर्चामा उभिएका थिए।

आईजी थापाका सन्दर्भमा किन यो बिम्ब ठिक हो भन्ने अनेक तर्क छन्।

समयकाल र प्रहरीको कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रहरी परिचालनको मुख्य विन्दुमा थापा पुगेका हुन्। उनले एउटा अन्तरवार्ताका क्रममा स्पष्ट भनेका छन् कि ‘कुनै नेता विशेषको घरमा पुग्नुपर्ने बाध्यताबारे मलाई जानकारी भएन।’

त्यसो नगरे पनि सत्ता हाँकिरहेकाहरुका राजनीतिक दुराग्रहमा आदेशको पालना गर्नुपर्ने बाध्यता हुन्छ। यसकारण विवादमा पार्ने काम हुन्छ। कतिसम्म भयो भने संसदीय समितिमा आईजी थापाविरुद्ध सांसद बोल्न थाले। राज्यले पक्राउका निम्ति निर्देशन गर्छ, सोहीअनुसार पक्राउ गर्दा दलको तारो आईजी बन्नुपर्ने बाध्यता पनि उनले खेपिरहेका छन्।

भनिन्छ नि राजनीति फोहोरी खेल हो। यहि खेलका खेलाडीहरुको चक्रब्यूह गहिरो छ। एउटाको आदेश, अर्काको आलोचनाको अचानोमा आईजी थापा नपर्ने कुरै भएन।

तर संठगनको परिचालनमा भने उनको लय निक्कै प्रभावी रहेको पनि प्रहरीका अन्य अधिकारी बताइरहेका भेटिन्छन्। यसको कारण भने उनले शिक्षण पेशा त्याग गरी प्रहरी सेवा रोजेका थिए। शिक्षण भनेको आफैंमा विद्यार्थीलाई प्रशिक्षण दिने पेशा हो, जहाँ प्रभावको ठूलो मूल्य हुन्छ। सम्भवतः आईजी थापाले त्यसो गरेको हुनुपर्छ र संगठनभित्र आलोचित छैनन्।

यसर्थ, अबको कार्य सम्पादन भनेको कुनै आदेशका आधारमा मात्र नभएर समन्वय र विचरणीय संश्लेषणसहितको निचोडका आधारमा गर्ने उत्प्रेरणामा आईजी थापा चल्न सकुन्। उनलाई शुभकामना छ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विचार