नेभिगेशन
सुरक्षा–अपराध

एक महिलासँग गेस्ट आउसमा सँगै बसेका थिए, हत्या भएपछि फरार पूर्वसैनिक पक्राउ

काठमाडौं– एकमहिनाअघि काठमाडौंको बागबजारस्थित एउटा गेस्ट आउसमा हत्या भएकी महिलासँग सँगै बसेका नेपाली सेनाका पूर्वकर्मचारी (पूर्वसैनिक)लाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार धादिङको गल्छी गाउँपालिका घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने ४० वर्षीय रामचन्द्र पन्तलाई पक्राउ गरिएको हो।

पन्त नुवाकोटको सूर्यगढी नगरपालिका–१ घर भई काभ्रेस्थली नै बस्ने २८ वर्षीया बिमला तामाङ २९ चैतमा बागबजारको एक गेस्टहाउसमा पुगेका थिए।

तामाङ सोही दिनको साँझ मृत फेला परेपछि अनुसन्धान गर्दा हत्या भएको भेटिएको थियो। पन्त भने फरार थिए। हत्या गरेर उनी भारतमा लुकिछिपी बस्दै आएको प्रहरीको भनाइ थियो।

करिब एक महिनापछि फर्केर काठमाडौं आउँदै गरेका बेला उनी पक्राउ परेका हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

मिस ‘हनिट्रयाप’का नाममा...