नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओलीलाई ‘गिज्याउने’ ट्रम्पको पत्रकार सम्मेलन, मामिला गम्भिर छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानको युद्ध नेपालको आग्रहका कारण थामिएको दाबी गरेका थिए। उनले हानाहानको अवस्थामा पुगेको भारत र पाकिस्तानलाई नेपालले आग्रह गरेपछि युद्ध बिराम भएको सोमबार दाबी गरे। 

यो दाबी उपत्यकाबाहिरको कार्यक्रममा ओलीले गरेका थिए। तर, उनलाई गिज्याउनेगरी नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार सम्मेलन गरी भारत–पाकिस्तान युद्ध बिरामको विषयमा टिप्पणी गरेका छन्।

अमेरिकाकै कारण भारत र पाकिस्तानबीच युद्धविराम भएको दाबी गरेका छन्। सोमबार पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम गराउन अमेरिकाले भूमिका खेलेको बताएका हुन्। 

ट्रम्पले आफूहरूका कारण दुई दक्षिण एसियाली मुलुकबीचको संघर्ष अन्त्य भएको समेत दाबी गरेका छन्। 

उनले भने, ‘शनिबार मेरो प्रशासनले भारत र पाकिस्तानबीच पूर्ण र तत्काल युद्धविरामका लागि सहयोग गरेको छ। मलाई लाग्छ कि यो स्थायी युद्धविराम नै हो। जसका कारण ठूलो मात्रामा परमाणु हतियार भएका दुई देशबीचको खतरनाक संघर्ष समाप्त भएको छ।’

अमेरिकाले व्यापार रोक्छु भनेकै कारण दुई देश संघर्ष अन्त्यका लागि तयार भएको पनि ट्रम्पको दाबी छ। 

आणविक तनाव रोकिँदा धेरैको ज्यान पनि जोगिएको उनको भनाइ छ। उनले अगाडि भने, ’हामीले आणविक तनाव रोकिदिएका छौँ। आणविक युद्ध नै हुन सक्थ्यो र त्यसमा लाखौँको ज्यान जान सक्थ्यो।’

ट्रम्पको यस्तो दाबी आउनुअघि प्रधानमन्त्री ओलीको भनाईबारे सामाजिक सञ्जालमा ट्रोल भएको थियो। खासगरी प्रतिपक्षी र कतिपय सत्ता सहकार्य गरेका दल र तिनका कार्यकर्ताले ओलीलाई सामाजिक सञ्जालमा उडाएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति