नेभिगेशन
सुरक्षा–अपराध

इन्स्पेक्टरले जवानलाई झापु हानेको प्रकरणको छानबिन समितिका संयोजक एसपी बिष्ट

काठमाडौं– प्रहरीको उपत्यका ट्राफिक कार्यालय अन्तर्गत नागढुङ्गा नाकामा जवानमाथि इन्स्पेक्टरले झापु हानेको प्रकरणको छानबिनका निम्ति उपरिक्षक (एसपी) पदबहादुर विष्टको संयोजकत्वमा समिति गठन भएको छ। 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसपी बिष्टको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना निरीक्षकसहित पाँचजना छन्। समितिलाई छानबिनका लागि एक हप्ताको समयावधि दिइएको छ।

बुधबार दिउँसो ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख निरीक्षक (इन्स्पेक्टर) जितेन्द्रकुमार साहले प्रहरी प्रभाग नागढुंगामै कार्यरत प्रहरी जवान मदन खड्कामाथि दुई झापु हानेकोसहित कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो।

भिडिओे सामाजिक सञ्जालमा भाइरल भएपछि साह र खड्कालाई तत्कालका लागि जिम्मेवारीमुक्त गरिएको थियो। समितिको छानबिनका आधारमा उनीहरूमाथि विभागीय कारबाही हुने रानीपोखरी प्रहरी कार्यालयले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध