नेभिगेशन
सुरक्षा–अपराध

तारकेश्वरमा नक्कली कागजात बनाउने कारखाना, इन्भेस्टिगेशनले समात्यो तीन जना

काठमाडौं– उपत्यका अपराध अनुसन्धान (इन्भेस्टिगेशन) कार्यालयले काठमाडौंको तारकेश्वर नगरपालिकाबाट नक्कली कागजात तयार पार्ने कारखानाका सामान जफत गर्दै तीन जनालाई पक्राउ गरेको छ। 

तारकेश्वर नगरपालिका–७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कीर्ते गरी नक्कली बनाउने गरेको अखडामा छापा मारिएको थियो। 

गोरखा भीमसेन थापा गाउँपालिका–१ का अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी गाउँपालिका–७ का निर्मल खड्का, मकवानपुर कैलान गाउँपालिका–२ की अञ्जु खत्रीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाया।

पक्राउ परेकी बयलकोटीले विगत ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहको सिफारिस, शैक्षिक संस्थाको प्रमाणपत्र, जग्गाधनी पूर्जा, सवारी चालक अनुमति पत्रलगायत कागजात कीर्ते गरी नक्कल बनाइ प्रयोग तथा प्रचलनमा ल्याउने गरेको खुलेको प्रहरीले जनाएको छ।  

उनले फुटुङमै कोठा भाडामा लिएर नक्कली कागजात इडिट तथा डिजाइन गर्नका लागि दुई जनालाई मासिक क्रमश १० हजार र १५ हजार रुपैयाँ दिएर काम लगाउने गरेको खुल्यो। 

विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका छाप आवश्यकताअनुसार उपलब्ध गराउने गरेको पनि खुलेको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध