नेभिगेशन
सुरक्षा–अपराध

बिराटनगरमा कोशीका प्रहरी अधिकारीलाई सुरक्षाको थिति बुझाउँदै आईजी थापा

बिराटनगर– कोशी प्रदेश अन्तर्गत रहेका १४ जिल्लाका प्रहरी अधिकारीलाई महानिरिक्षक (आईजी) दीपक थापाले सुरक्षाको थिति बुझाएका छन्। 

प्रदेश स्तरीय सुरक्षा गोष्ठिका क्रममा कोशी प्रहरी प्रमुख ईश्वर कार्कीसहित १४ जिल्लाका उपरिक्षक (एसपी)लाई जिल्लामा शान्ति सुरक्षा र अवैधानिक गतिविधिको नियन्त्रणका लागि आईजी थापाको निर्देशन थियो। 

यस क्रममा सीमा जोडिएका जिल्लाका प्रहरी अधिकारीलाई भने तस्करी नियन्त्रणसमेतको विषयमा गम्भिरताका साथ मात्र नभई कडाईको लयमा काम गर्न आईजी थापाले निर्देशन दिए।

497549785_2867585940113748_2438543780186343705_n-1747291920.jpg
उनले नेपाल प्रहरीको कार्य सम्पादन सम्झौता बमोजिम शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्यका साथ आम नागरिकको समस्यालाई समयमै सम्बोधन गर्ने गरी प्रहरी परिचालन गर्न निर्देशन दिए।

थापाले लागूऔषधको प्रयोग तथा ओसार पसार, तस्करी एवम् गुण्डागर्दी, राजस्व चुहावट लगायतका गतिविधि नियन्त्रण गर्न सीमा नाकाहरुमा कडाईका साथ चेकजाँचको व्यवस्था मिलाउन निर्देशन दिए। 

यसैगरी प्रभावकारी अपराध अनुसन्धान, फैसला कार्यान्वयन, गुनासो व्यवस्थापन, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह, विपद उद्दार लगायतका कार्यमा नेपाल प्रहरीको गरिमालाई सदैव उच्च बनाउने अभिप्रायले निस्वार्थ भावका साथ परिचालन हुन निर्देशन दिएका हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध