नेभिगेशन
राजनीति

कलाकार दीपकराज गिरी पत्तै नपाई राजावादी भएछन्! यस्तो भन्छन् उनी

काठमाडौँ -कलाकार दीपक राज गिरीले आफुलाई राजावादी भनिएकोमा गुनासो गर्दै नयाँ बिचार, नयाँ मान्छे आउने बित्तिकै गणतन्त्रलाई पखाला चल्न थाल्ने र प्रजातन्त्र नै खतरामा पर्ने बताएका छन् ।

राजावादीको आन्दोलनमा समर्थन गर्ने बौद्धिक व्यक्तिहरुको सूचीमा गिरीको नाम समावेश भएपछि उनलाई राजावादी भएको भन्दै आलोचना भइरहेको बेला उनले आफु विहिबारको भेलामा गएको र आफ्नो विचार राखेको तर बिहानै आफू राजाबादी भैसकिएको पत्तै नपाएको उल्लेख गरेका हुन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै गिरीले आफुले २०४६ साल र २०६२/६३ आन्दोलनमा आन्दोलनको पक्षमा लागेको उल्लेख गर्दै पछिल्लो पटक बालेन र रवि लामिछानेलाई समर्थन गरेको बताएका छन् । 

उनले शासन व्यवस्था संचालन गर्ने शैली राम्रो भएन भन्दा त्यो मान्छे गणतन्त्र बिरोधी र राजाबादी हुने भन्दै पूराना राजाको डिमाण्ड बढाएको शासन शैलीले भएको बताएका छन् ।  

उनले भनेका छन्- 

आज म लेख्दैछू ….

सर्वप्रथम म राजाबादीको तर्फबाट यॉहाहरूलाइ नमस्कार !!! २०४६ सालको आन्दोलनमा राजाको पक्षमा लागेर के के उपद्रो गरियो यहॉ उल्लेख नगरौ! मेरो राजाबादी यात्रा ठोस रूपमा २०४६ पछि सुरू भएको हो ! मूलूकमा प्रजातन्त्र स्थापना पछि राजनीति गर्ने रहर जागेर आयो , कुन बिचार र दललाइ अंगालौ भनेर अध्यन गरियो र अन्त्यमा अहिलेका चर्चित शेर बहादुर “राजा”को पार्टी रोजियो,  यस क्रममा गॉउ सचिब हूदै, नेबिसंघ काठमाण्डू जिल्ला सदस्य समेत भइयो, करिब एक दशक शेर बहादुर राजाकै पछि लागेपछि मेरो यात्रा राजनीति बाट कलाकारीता तर्फ मोडियो र सम्पूर्ण राजनीतिक क्रियाकलाप लाइ पूर्ण बिराम दिइयो !  कुनै पनि राजनीतिक गतिविधिमा लागिएन !

त्यसपछि २०६२ /६३ आयो , त्यतिबेला मूलकनै संकटमा परेको आभास भयो र प्रचन्ड राजाको क्रान्तिकारी तेज बाट प्रभाबित भइयो र उनि लगायतका नेताहरूको आव्हान लाइ साथ दिइयो र तत्कालीन राजसत्ता बिरूद्द लेखियो, बोलियो, हिडियो पनि !! त्यति बेला फेरी एकपल्ट राजाबादी भइयो ! त्यसपछि पालो आयो केपि राजाको, 
उहॉको तार्किक शक्ति र शैलीको फ्यान परियो ! धेरै ठॉउमा उहॉको तारिफ गरियो, चुच्चे नक्साको सबालमा त उहॉको समर्थन गरेर पटक पटक राजाबादी भइयो ! 

हाल कुनै पनि दल संगको सामिप्यता नरहे पनि आफ्नो democratic thought लाइ कहिलै मर्न दिइएन !

अब अस्तिको कुरा गरौ …. आन्दोलनको ठिक एक दिन अघि एउटा  कल आयो ,एउटा बौद्दिक भेला हूदैछ जस्ले हाल देखिएको राजनीति धुर्बिकरणको बारेमा छलफल गर्नेछ, तपाइको बिचार के छ राख्नु होला  भनियो ! त्यहॉ गएपछि आफ्नो स्वभाव बमोजिम सधै झै स्पष्ट रूपमा सकारात्मक बिचार राखियो ! हाल समस्या त रहेको तर देश प्रचार गरे जस्तो पनि नबिग्रिएको, बिचार पोखियो ,चिया खाइयो  अनि आइयो ! भोली पल्ट बिहानै आफू फेरी एकपल्ट राजाबादी भैसकिएको आफूलाइ पत्तै भएन ! 

पछिल्लो समय बालेन आए, निर्बाचनमा उनलाइ पनि समर्थन नै गरियो ! पछि रबि आए !  उनलाइ पनि समर्थन गरियो नै ! तर नयॉ  बिचार, नयॉ मान्छे आउने बित्तिकै यहॉ गणतन्त्रलाइ पखाला चल्न थाल्छ , प्रजातन्त्र नै खतरामा पर्छ !  यहॉ शासन ब्यबस्था संचालन गर्ने शैली राम्रो भएन भन्यो कि त्यो मान्छे गणतन्त्र बिरोधी हुन्छ कि त राजाबादी हुन्छ ! तपाइहरूको अस्वस्थ प्रतिस्पर्धा ले नै हो जनतामा नैराश्यता आएको ! यहॉ पूराना राजाको demand बढाको तपाइहरूकै शासन शैलीले हो  ! 

अन्त्यमा तपाइहरूले नै राम्रो संग राजकाज चलाउनुस ! तपाइहरू लाइ नै राजा मानिरहेकै छू र मानिरहन पॉउ र सधै राजाबादी भैरहन पॉउ !! शुभदिन !!

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

राज्यको निशानामा राजावादी