नेभिगेशन
विचार
टिप्पणी

कालिया! हम जहाँ खडे होते हैं लाइन वहीँ से सुरु होती है

‘म जहाँ उभिन्छु त्यहि नै संस्थापन बनिरहेको छ। आठौं महाधिवेशनमा झलनाथ खनालसँग उभिएँ, अध्यक्ष जिताएँ। नवौंमा केपी शर्मा ओलीसँग उभिएँ, उहाँले जित्नुभयो’

काठमाडौं– राजनीतिमा तर्क बितर्क मात्र चल्दैनन्। डाइलगबाजी पनि राम्रोसँग चल्ने रहेछन्।

त्यसको पछिल्लो उदाहरण हुन्– नेपाली कांग्रेसका महामन्त्री गगन थापा। 

नेपाली राजनीति आकाशमा गगन थापा एउटा नामेट नाम थियो, हो र हुनेछ। हिजोका दिनमा गिरिजाप्रसाद कोइरालाको शासनविरुद्ध कांग्रेसभित्र

फाइट गरेको विद्यार्थी नेता होस् कि शान्ति प्रक्रियापछि माओवादीको वाईसीएल आतंकविरुद्ध बीबीसी साझा सवालमा तर्क गरिरहेको होस्। 

निजी हिसाबमा त टिप्पणीकार गगन थापाको राजनीतिक यात्रा नियाँलिरहेको र उनको कर्कट चालबाट उठेको कदको कायल पनि हो। 

खैर, शीर्षकतिर फर्कौं।

कालिया! हम जहाँ खडे होते हैं लाइन वहीँ से सुरु होती है।

अमिताभ बच्चन अभिनित कालिया फिल्मको यो डाइलग ८० र ९० को दशकमा निक्कै चर्चामा रहेको थियो। 

अहिले नेपाली राजनीतिमा पनि यसको सान्दर्भिकता रहेको भन्ने थापाले दिएको एउटा अन्तरवार्तामा देखियो। 

उनले सम्भवतः फायरसाइड भन्ने कार्यक्रममा भनेका हुन् कि ‘हम जहाँ खडे हो ते हैं, लाइन उहीँ से सुरु होती है।’

कांग्रेसभित्रको आन्तरिक समूहको सवालका क्रममा थापाले भनेका थिए,‘यसको सान्दर्भिकता कति रहला त्यो अलग हो। तर डा. शेखर कोइरालाको समूहतिर फर्किँदाको कुरो थियो।’

राजनीतिमा यो डाइलग थापाले मात्र पहिलो पटक भनेका होइनन्। 

सम्भवतः नेकपा एमालेको दशौं महाधिवेशनको संघार थियो। तत्कालिन महासचिव हालका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको अनौपचारिक बसाई थियो। 

नेकपा एमाले विभाजनको संघारमा थियो। उनले यसैबेला अध्यक्ष केपी शर्मा ओलीको पक्षमा आफू उभिने निधो गरिसकेका थिए। 

यहि सन्दर्भमा उनले माधवकुमार नेपालका केही आनीबानीबारे पनि खुलेर बोलेका थिए। 

यो अफ दी रेकर्ड थियो कि अन दी भन्ने विषयको हेक्का राख्न सकिएन। तर, जब मदन भण्डारी र मनमोहन सिंहको एकीकरण भएर एमाले बन्यो अनि दशरथ रंगशालाको एउटा प्रसङ्गलाई पोखरेलले सतहमा केलाए। 

‘माधवकुमार नेपाल कतिसम्मका धुर्त र पापी पनि देखिए भने त्यस सभामा सबैले मदन भण्डारीलाई खोजेका थिए। उहाँको भाषण सुन्न भिड लालयीत थियो। तर, उहाँलाई बोल्न दिइएन।’

पोखरेलको यो विषयलाई पुष्टि गर्ने अनेक आधार छन्। तर त्यसबेलाको आधार भनेको ०५० सालमा भण्डारीको असामयिक र रहस्यमयी मृत्युपछिको स्थिति हो। 

निमित्त महासचिव या कार्यबाहक महासचिवका लागि माधवकुमार नेपालको नाम अघि सारियो। 

तर माधव नेपालले पूर्ण महासचिव दिए मात्र आफू पदमा रहने बताएका थिए। यो प्रसङ्गले अहिले नेपालको हठ, उनको दलको साइज, क्षेत्रफल, आयतन देख्दा यस्तै लाग्छ। 

कतिसम्म भने उत्तर कोरिया र दक्षिण कोरियाको मध्यस्तताको विषयमा पनि आफूलाई आत्मरती केन्द्रमा राखेर व्याख्या गरेका छन्। 
यो एउटा फरक च्याप्टर पनि छ। 

तर, एमालेभित्र पनि आफू जहाँ उभिन्छु त्यहि नै संस्थापन हो भन्ने तर्क पोखरेलको रहेको थियो। 

नजिकका पत्रकारसँगको कुराकानीमा पोखरेलले भनेका थिए,‘म जहाँ उभिन्छु त्यहि नै संस्थापन बनिरहेको छ। आठौं महाधिवेशनमा झलनाथ खनालसँग उभिएँ, अध्यक्ष जिताएँ। नवौंमा केपी शर्मा ओलीसँग उभिएँ, उहाँले जित्नुभयो।’

पोखरेलको अहिलेको अवस्थितिले उनको दाबीलाई बल पुग्छ। किनभने महासचिव रहँदादेखि मात्र होइन चाहे मदन भण्डारीको स्थायी कमिटी सदस्य हुन् या माधवकुमार नेपालकै कमिटीमा रहँदा हुन्। अथवा झलनाथ खनालसँग उनी उभिएका बेलाको जितले पनि उनको दाबीमा दम हुन्छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विचार