नेभिगेशन
खेलकुद

जय ट्रफी एलिट कपमा आर्मीले बनायो १२१ रन

काठमाडौ - नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ को पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीले १२१ रन बनाएको छ । 

विभागीय टोलीहरू नेपाल पुलिस विरुद्ध टस हारेर पहिले ब्याटिङ्ख गरेको त्रिभुवन आर्मीले ३४.४ ओभरमा अलआउट हुदै १२१ रन बनाएको हो । 

वीरगन्जको नारायणी रंगशालामा सुरु भएको खेलमा आर्मीका लागी कुशल मल्लले २५ रन ,भिम सार्की २२ रन , बिनोद भण्डारी २१ , बसिर अहमदले १२ रन ,सोमपाल कामी ५ रन र सन्तोष कार्की १ रन बनाएका छन । 

यस्तै पहिलो खेलमा नेपाल पुलिस क्लबका लागी ललित राजवंशीले एक्लै १७ं४ ओभरमा ७ विकेट लिएका हुन । 
त्यस्तै रसिद खान ,श्रवन यादव र कुशल भुर्तेलले पनि एक –एक विकेट लिएका थिए । पहिलो खेलमा दुई विभागीय टोलीहरू नेपाल पुलिस र नेपाल आर्मी प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

स्पेन महिला युरो कपको फाइनलमा