नेभिगेशन
खेलकुद

पाँचौ टेस्टमा भारतलाई हराएपछि अष्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा 

आइसिसी वल्र्ड टेष्ट च्याम्पियनसीपको फाइनलमा अष्ट्रेलियाले आफ्नो स्थान सुरक्षित बनाएको छ। भारतविरुद्धको पाँचौ टेष्ट जित्दै अष्ट्रेलिया फाइनलमा पुगेको हो। पाँचौ टेष्टमा पराजित भएसँगै भारतको सम्भावना पनि समाप्त भएको छ। 

यसअघि दक्षिण अफ्रिका टेष्ट च्याम्पियनशीपको फाइनलमा पुगिसकेको छ। आगामी ११ जुनदेखि टेष्ट क्रिकेटको विश्वकप फाइनल मानिने टेष्ट च्याम्पियनशीप हुँदैछ। 

उता पाँचौ खेल जितेसँगै अष्ट्रेलियाले बोर्डर–गाभास्कार सिरिज पनि ३–१ ले जितेको हो। पाँचौ टेष्टमा अष्ट्रेलिया ६ विकेटले विजयी भएको हो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

स्पेन महिला युरो कपको फाइनलमा