नेभिगेशन
खेलकुद

प्रदेश लिग फुटबल : ललितपुर र चित्लाङ आमनेसामने

मनहरी - बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज ललितपुर फुटबल क्लब र काठमाडौँको चित्लाङ फुटबल क्लबबीच सेमिफाइनल खेल हुने छ ।

यो खेलको विजेता टोलीले  उपाधिका लागि दोलखाको टाइगर टिम तिखातालसँग खेल्ने छ । यसअघि बुधबार हेटौँडा-५ स्थित पिप्ले-क्याम्पा रंगशालामा भएको पहिलो सेमीफाइनलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लू अल्पाइन क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

खेलको पहिलो हाफको ३१औँ मिनेटमा दोलखाका लागि मिलन श्रेष्ठले गोल गरेका थिए । खेलको दोस्रो हाफको ५६औँ मिनेटमा सिन्धुलीका तर्फबाट सञ्जीव धामीले गोल फर्काउँदै खेललाई समान एक गोलको बराबरीमा पुर्‍याएका थिए । प्रतियोगिता प्रारम्भ भएको ६४औँ मिनेटमा दोलखाका  शम्भुजन श्रेष्ठले अर्को गोल गर्दै आफ्नो आफ्नो टोलीलाई विजयी बनाए ।

उक्त खेलका ‘म्यान अफ द म्याच’ दोलखाका उत्तम खत्री बने । प्रतियोगिताको  फाइनल खेल शनिबार हुनेछ । प्रतियोगितामा ११ जिल्लाका लिग विजेता टोली सहभागी छन भने  उपाधि जित्ने टोलीले रु. दुई लाख नगदसहित शिल्ड, पदक र प्रमाणपत्र तथा उपविजेताले रु. एक लाख शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद

स्पेन महिला युरो कपको फाइनलमा