नेभिगेशन
मनोरञ्जन

नेपाली फिल्म ह्रस्व दीर्घको ओटीटी अधिकार भारतीय जी नेटवर्कलाई, जी फाइभमा देखाइने

काठमाडौं– फिल्म ‘ह्रस्व दीर्घ’को नेपाली भाषाबाहेक अन्य भाषाको ओटीटी अधिकार भारतीय जी नेटवर्कलाई दिइएको छ।

अभिनेत्री तथा उक्त फिल्मकी निर्मात्री नीता ढुंगानाले यसबारेको जानकारी दिएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्,‘जुन उद्देश्यले हामीले यो चलचित्र बनाएको थियौँ त्यो उद्देश्य पूरा भएको छ। नेपाली चलचित्र विश्व बजारमा फैलाउने हाम्रो उद्देश्य भारतीय ओटिटी प्लटफर्म जी नेटवर्क जी ५ मा पहिलो नेपाली चलचित्र ह्रस्व दीर्घ विक्रि भएको छ।’

दक्षिण भारतीय भाषा, र नेपाली भाषाको राइट्सबाहेक अन्यको ओटीटी अधिकार जीले पाएको हो। 

‘मलाई यो दौडानमा साथ दिनुहुने सम्पूर्ण सहयात्रीहरुलाई धन्यवाद र विशेषगरी मेरो नेपाली दर्शकवृन्दलाई हजुरहरूले मलाई दिनुभएको आशीर्वाद खेर गएन’, ढुंगानाले भनेकी छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन