नेभिगेशन
मनोरञ्जन

‘टङ स्लिप’ क्वीन अभिनेत्री प्रियंका कार्कीका १० वटा विवाद यस्ता रहेछन्

काठमाडौं– आमा भएपछि पनि अति नै व्यस्त रहने अभिनेत्रीमा दरिन्छिन् प्रियंका कार्की। फिल्मदेखि म्युजिक भिडिओसम्ममा अति नै ब्यस्त रहने अभिनेत्री कार्की मिडियामा खासगरी टङ स्लिप भएका कारण अनेक पटक ट्रोल बनेकी  छन्।

युएस धेरै पटक गएँ, अमेरिका पहिलो पटक हो, मैले पाउनुभन्दा अघि नै मेरो छोरीको तस्बिर भाइरल भयो, ल हान्दिम बेबी, भन्नेलगायत कतिपय अर्थको अनर्थ लाग्ने बोलेका कारण पनि उनी ट्रोल बनिन्।

यसबाहेक उत्सको अन्तरवार्ताका क्रममा अभिनेता सुरजसिंह ठकुरीसँग आएका बेला ‘औंलाको पोजिशन’ देखाउँदा पनि आलोचकले उनलाई छाडेनन्।

priyanka-1747392662.jpg
उनका निजी जीवनका विषयबस्तु पनि मिडियामा छारस्ट नभएका होइनन्। तर, यीबाहेक अन्य विवादमा पनि प्रियंककालाई तानिएको थियो। ती मध्य १० विवादलाई यहाँ प्रस्तुत गरिएको छ।

  • पत्रकारसँगको विवादः २०१४ मा प्रियंका कार्कीले चलचित्र पत्रकारहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक स्टाटस लेखेपछि विवाद उत्पन्न भयो। पछि उनले उक्त स्टाटस हटाएर माफी मागेपछि विवाद साम्य भएको थियो। 
  • क्रिप्टोकरेन्सी प्रचार विवादः २०२२ मा सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई सोधपुछ गरेको थियो। प्रियंकाले आफ्नो तस्बिर दुरुपयोग भएको दाबी गर्दै आफू पीडित भएको बताइन्। 
  • इण्टिमेट सीन विवादः चलचित्र ‘कथा काठमाण्डू’ मा प्रियंका कार्कीको इण्टिमेट सीन समेटिएको ‘रातको कुरा’ गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भयो। विवादपछि निर्माण पक्षले अर्को गीत सार्वजनिक गरेको थियो। 
  • ड्रेस म्यालफङ्सन विवादः एक सार्वजनिक कार्यक्रममा स्कर्ट लगाएको बेला स्कर्टभित्रको वस्त्र देखिएको तस्बिर सार्वजनिक भएपछि विवाद उत्पन्न भयो। प्रियंकाले उक्त घटनालाई आफ्नो कमजोरी मानेर भविष्यमा सचेत रहने बताइन्। 
  • गर्भावस्थाका तस्बिरहरूमा आलोचनाः गर्भवती अवस्थामा सामाजिक सञ्जालमा बेबी बम्प देखाउँदै तस्बिरहरू पोस्ट गरेपछि केही प्रयोगकर्ताले भद्दा टिप्पणी गरे। तर, प्रियंकाले आलोचनासँग डराएर तस्बिर पोस्ट गर्न नछाड्ने बताइन्। 
  • राजनीतिक अभिव्यक्तिमा आलोचनाः २०२१ मा सरकारले मध्यावधि चुनावलाई प्राथमिकतामा राखेको भन्दै प्रियंका कार्कीले आक्रोश व्यक्त गरिन्। उनले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताइन्। 
  • पल शाह प्रकरणमा अभिव्यक्तिः अभिनेता पल शाहमाथि लागेको बलात्कार आरोपको सन्दर्भमा प्रियंकाले पीडितको चरित्रमाथि प्रश्न उठाउनु जिम्मेवार समाजको काम नभएको बताइन्। 
  • कमेडी शोमा विवाद सम्भावनाः कमेडी शोमा सहभागी हुँदा व्यक्तिगत प्रहार गर्ने प्रवृत्तिलाई जोक नमान्ने बताउँदै प्रियंकाले शोमा विवाद उत्पन्न भएमा सहभागी नहुने बताइन्। 
  • मिडियाबाट बहिष्कारको आरोपः ड्रेस म्यालफङ्सन विवादपछि केही मिडियाले आफूलाई बहिष्कार गरेको आरोप प्रियंकाले लगाइन्। उनले कलाकार र मिडियाबीच समन्वयको अभाव रहेको बताइन्। 
  • फेसबुकविरुद्ध कानुनी परामर्शः क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्बिर दुरुपयोग भएको भन्दै प्रियंकाले फेसबुकविरुद्ध कानुनी कारबाहीको परामर्श लिइरहेको बताइन्।

सेलिब्रिटी भएपछि विवाद र आलोचना स्वभाविक प्रक्रिया त हुन् तर प्रियंका भने अन्य अभिनेत्रीको तुलनामा ज्यादा नै विवादमा आउने मध्यमा पर्छिन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन