नेभिगेशन
मनोरञ्जन

'दी स्वस्तिमा'

काठमाडौं– धेरै शव्द खर्च गर्नु पर्दैन निश्चल बस्नेत निर्देशित बेहुली फ्रम मेघौलीका लागि। उत्कृष्ट होइन औसत हो तर यसको खास अर्थचाहिँ अभिनय हो। 

कथा, पटकथा, संवाद, प्राविधिक पक्ष औसत हुन्। यसमा हेर्ने भनेकै अभिनय हो। अभिनय अरुको होइन, मिना अर्थात् स्वस्तिमा खड्काको। मनिषेको अलग अभिनय पनि चर्चा योग्य छ। 

आधुनिक समाज, प्रविधिसहित चितवनको मेघौलीको कहानीमा संवादचाहिँ कोपा अर्थात् कोशी पारीको छ। मतलब, सप्तकोशी पारी पूर्वेली। ल्याङल्याङलगायतका शव्दको प्रयोग त्यसैको प्रमाण हो। Behuli-from-meghauli-1717305586-1728880272.jpg
 

फिल्मका अनेक पक्षको चर्चा गर्नै पर्दैन। बेहुली फ्रम मेघौली भनेको नै स्वस्तिमाको अभिनय र स्वस्तिमा भनेकै त्यहि फिल्म हो। न हिरोइज्म, न नारीवादी यो फिल्म शुद्ध फिल्मवादी छ। समाजवादी छ। संस्कारवादी छ। घरेलु दैनिकीवादी छ। यसमा निश्चल फिक्का छन्, छ कोही भने स्वस्तिमा मात्र छ। त्यत्ति काफी छ।

धेरै शव्द खर्च गर्न आवश्यक छैन। फिल्मको मूल चिज नै ‘दी स्वस्तिमा’ हो। जहाँ बसेर हेर्नुस् बेहुली फ्रम मेघौली भनेकै आश र अवसरको द्वन्द्व हो।

अदाकारिता, कलाकारितामा टिप्पणीकारको राय भनेको नेपालमा मिथिला शर्मापछि कोही जन्मेको थियो भने रेखा थापा थियो। अब, स्वस्तिमा हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन