नेभिगेशन
राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तयारी भएको छ।

सामान्यतया: बिहीबार नियमित रूपमा बस्ने मन्त्रिपरिषद्को बैठकमा आज मन्त्रालयहरूका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णय हुनुका साथै गृह सचिवको नियुक्ति पनि हुन सक्ने जानकारी प्राप्त भएको छ। प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतका अनुसार, मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त भएपछि रिक्त रहेको गृह सचिवको पदमा नियुक्ति हुने सम्भावना उच्च छ।गृह सचिवको दौडमा आधा दर्जनभन्दा बढी सचिवहरू रहेका छन्। तीमध्ये सरकारलाई उपयुक्त लाग्ने व्यक्तिलाई गृह सचिवको जिम्मेवारी दिने अनुमान गरिएको छ। गृह प्रशासनको नेतृत्व गर्न अनुभव सम्पन्न अधिकारीलाई जिम्मेवारी दिने हो भने, शान्ति सुरक्षा र दुई ठुला फौजी सङ्गठनहरूको कमाण्ड सन्तुलित र प्रभावकारी रूपमा गर्न सहज हुने गृह अधिकारीहरू बताउँछन् । 

अघिल्ला गृह सचिव तथा हालका मुख्य सचिव अर्यालले सुरु गरेका प्रणाली र सुधार अभियानलाई निरन्तरता दिने जिम्मेवारी पनि नवनियुक्त गृह सचिवको काँधमा पर्नेछ। नागरिकलाई सेवा प्रवाहमा सन्तुष्टि दिनेसँगै, समयसापेक्ष सुधारका कदम चाल्नुपर्ने चुनौतीहरू अबका गृह सचिवले सामना गर्नुपर्ने छ । 

यसै बैठकमा, २२ गते निजामती सेवा दिवसको अवसरमा वितरण गरिने निजामती पुरस्कार प्राप्त गर्ने ४० जना कर्मचारीहरूको छनोटको निर्णय पनि हुन सक्ने सम्भावना छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

राज्यको निशानामा राजावादी