Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओलीले रवि लामिछानेलाई जम्माजम्मी भँगेरा मान्नुको अर्थ

शुक्रबार, जेठ ११, २०८१

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सामान्य मात्रै रहेको अर्थमा टिप्पणी गरेका छन्। 

samridhi jewllers

यो टिप्पणीको अर्थ हुन्छ– ओली रवि लामिछानेप्रति धेरै उदार छैनन् भने खासै महत्वमा राख्न चहाँदैनन् पनि। 

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया नागरिकता प्रकरणमा छानबिनका लागि प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्रीसमेत रहेका लामिछानेको पनि चर्चा छन। यसकारण कि, सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नताका विषयमा सदनमा बिरोधसहितको अबरोध भइरहेको छ र कान्तिपुरले पनि निरन्तर समाचार प्रकाशन गरिरहेको थियो। 

त्यसैको प्रतिशोधको शिकारमा सिरोहियालाई पारिएको भनी सामान्यदेखि राजनीतिक वृत्तमा पनि यसको चर्चा छ।

यसबीचमा ओलीको पनि टिप्पणी सार्वजनिक भएको थियो। नयाँ राजनीतिक शक्तिका रुपमा उदाएको पार्टीको नेतृत्व गरे पनि बेलामौका एमालेलाई गरेको गालीको तुसलाई समेत अभिव्यक्त गरेका ओलीले कांग्रेससँग जोडेर रवि लामिछानेलाई ‘भँगेरा’को उपमा दिएका हुन्। 

यसले स्पष्ट पार्दछ कि, ओलीका नजरमा रवि लामिछानेको अस्तित्व खासै बलियो छैन। यो पहिलो पटकको टिप्पणी पनि होइन। यसअघि पनि पटक–पटक ओलीले भनेका थिए,‘एउटा समाचार भन्ने केटो राजनीतिमा आएछ। समाचार भन्नु र लोकतन्त्रका लागि त्याग गर्नु, राजनीति गर्नु अलग कुरा हो, हल्ला गरेर राजनीति हुँदैन।’

एमालेको मत काट्नका लागि राजनीतिमा होमिएको भन्ने ठानिएको रास्वपाको स्खलन चाहेका ओलीले लामिछानेलाई सत्तामा टाँसेर नै फ्याँक्ने रणनीति पनि अपनाएको बताइन्छ। यसैले उनले लामिछानेलाई हेपाहाका दृष्टिले ‘भँगेरा’ भनिदिएको कांग्रेसकै कतिपय नेताको टिप्पणी हुँदै आएको छ। 

ओलीको व्यंग्यमा अर्थ हुने बताउँदै एमालेका एक केन्द्रीय सदस्य भन्छन्,‘अहिले कांग्रेसलाई सरकारबाट अलग राख्नका लागि मात्र रास्वपाको उपयोग गरिएको हो। सत्ता राजनीतिमा यस्तो चलिरहन्छ। तर, एमाले समुद्र जस्तो पार्टीले रास्वपालाई भाउ दिने भन्ने कुरा नै आउँदैन।’

कांग्रेसलाई आफ्नो प्रमुख प्रस्पिर्धी ठानेकै कारण ओलीले अहिले लामिछानेबारे भइरहेको बिरोधको सन्दर्भमा भनिएदिए,‘अचम्म लाग्छ काँग्रेस तोप लिएर भँगेरा मार्न आएको छ। ताज्जुब लाग्छ।’ सत्तारुढ गठबन्धनमा रहेका कारणले कैलाश सिरोहिया प्रकरणमा बचाउ जस्तो कुरा गरे पनि ओलीले भनेका छन्,‘लोकतन्त्र धरापमा परेको छैन। प्रतिशोध भयो या भएन भन्ने कुरा समयको सन्दर्भका आधारमा व्याख्या भएको होला।’

ओलीले गरेको टिप्पणीबारे समालोचनात्मक हिसाबले रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीको पनि अलग टिप्पणी आएको छ। सामाजिक सञ्जालमा उनले समालोचनात्मक रुपमा ओलीको भनाईप्रति आशंकासहित टिप्पणी गरेका हुन्। 

कार्की लेख्छन्,‘भाषण गर्ने क्रममा एमाले अध्यक्ष ओलीले भनेछन्, खोइ रवि लामिछाने कि को भन्ने एकजना बाबुका विरूद्धमा कांग्रेस खनिएको छ .... भँगेरा मार्न जाने तोप बोकेर ।’

कार्की अगाडि लेख्छन्,‘ओलीको यो बोली या त असिम प्रेमको हो या अति हेपाइको। जुन भए पनि हानी कारक छन्। जुन विकृत प्रवृतिको बिरोधमा त्यत्रो अभियान चलाइयो, त्यसले असिम प्रेम किन गर्छ? जोसँग कुममा कुम जोडेर प्रचण्डको रथ तानिदैछ, त्यसैको त्यस्तो हेपाइ किन सहिन्छ? कुनै पनि प्रश्नको जवाफ थाहा पाएको समय राजनीतिले सहि दिशा भेट्छ।’

ओलीको यहि टिप्पणीलाई विभिन्न राजनीतिक दल, विश्लेषकसहितका राजनीतिक टिप्पणीकारले फरक हिसाबले हेरेका छन्।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार