Nic Ad Nic Ad
Nic Ad Nic Ad

गायिका एलिना चौहानले प्रेमी विष्णुसँग बिहे गरिन् 

बुधबार, वैशाख ५, २०८१
samridhi jewllers

झापा– चर्चित गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग बिहे गरेकी छन्। झापाको विर्तामोडमा बाग्लुङका सापकोटासँग चौहानको लगन गाँठो कसिएको हो। 

बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको वैवाहिक समहारोहमा दुबै तर्फका साथीभाइ, आफन्त सहभागी भएका छन्।  

एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन्। विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन्। उनी एलिनालाई लिनका लागि मंगलबार जन्तीसहित झापा पुगेका थिए।
 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्