सुनसरीका ५ पालिकामा अनिश्चितकालिन कर्फ्यु

शुक्रबार, चैत २३, २०८०

इटहरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले ५ वटा पालिकामा कर्फ्यु जारी गरेको छ। 

शुक्रबार ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी भएको हो। 

कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ५ पालिकामा कर्फ्यु लगाइएको हो।

एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका– १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको थियो। दुवै पक्षको झगडाले सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञा समेत तोड्न थालिएपछि प्रहरीले केही अश्रुग्यास र हवाई फायर गरेको थियो। 

स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिटपछि दुई समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। स्थिति थप बिग्रन नदिनका लागि कर्फ्यु आदेश जारी भएको हो।

सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित हरिनगरा, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो। 

435094002_3133652806779644_1846948495947347625_n-1712313172.jpg

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्