नेभिगेशन
सुरक्षा–अपराध

त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने रविन लामा जेल चलान

काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने रविन लामा पक्राउ परेका छन् ।

उनीविरूद्व आज काठमाडौं जिल्ला अदालतले कैद पुर्जी जारी गरेको हो । उनलाई प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो ।

लामालाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै दुई वर्षको कैद सजाय सुनाएको छ । तर उनी फरार रहँदै आएका थिए । अदालतले लामाबाट क्षतिपूर्तिबापत पीडित चलाउनेका लागि चार लाख ६९ हजार भराउन पनि आदेश दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध