जीबी राई मलेसियामा छन्, ल्याउन गाह्रो भयोः आईजी कुँवर 

बुधबार, चैत १४, २०८०

काठमाडौं– नेपाल प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरले सहकारी ठगीका मुख्य नाइके गितेन्द्रबाबु राई (जीबी) मलेसियामा रहेको बताएका छन्। 

बुधबार संसदको राज्य व्यवस्था समितिमा पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त राई मलेसियामा रहेको सूचना प्रहरीसँग रहेको बताए। उनलाई झिकाउनका लागि इन्टरपोलमा रेड नोटिस जारी भए पनि सुपुर्दगी सन्धि नहुँदा ल्याउन गाह्रो भएको बताए। 

उनले भने,‘गृह मन्त्रालयसँगको समन्वयमा पत्राचार गरिएको छ। तर सुपुर्दगी सन्धिको कुरा छ। मलेसियासँग नहुँदा ल्याउन कठिन भएको हो। हामी प्रयास गरिरहेका छौं।’

अहिलेको समस्याको पूरा जड नै जीबी राई भएको कुँवरको भनाई थियो।
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्