उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने लामा पक्राउ

मंगलबार, चैत १३, २०८०

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका छन् ।

लामालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखाबाट आज पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार लामाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौँले गत मङ्सिर ७ गते चलाउनेमाथि आक्रमण गर्ने छ जनालाई दुई वर्ष कैद सजाय सुनाएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  २२:३२
प्रतिक्रिया दिनुहोस्