मोरङ हत्या प्रकरण

प्रेम सम्बन्धपछि घरबाट भगाए, परिवारले विवाह गर्न नमानेपछि किशोरीको हत्या !

मंगलबार, फागुन २२, २०८०

काठमाडौँ– मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया सन्जना भन्ने ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका एक जना अभियुक्तलाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ । 

घटना भएको ४ घण्टामा नै बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकाका अभियुक्त धिरेन कुमार खाँ चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

घटना भईसकेपछि तालिम प्राप्त कुकुरको सहयोगमा विशेष अनुसंधान टोलीले चौधरीलाई भाउन्नेको जंगलबाट नियन्त्रणमा लिएको मोरङका प्रहरी उपरीक्षक नवराज कार्र्कीले जानकारी दिए । चौधरीले ज्ञानमतिसंग डेढ बर्ष देखि प्रेम सम्बन्ध राखेको र एक पटक घरबाट समेत भगाएको खुलेको प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

किशोरीको परिवारले चौधरीसँग विवाह नगरिदिने भएपछि हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । विवाहित चौधरीकी श्रीमति बैदेशिक रोजगरमा छिन् भने उनका १४ बर्षका छोरा समेत रहेको प्रहरीले बताएको छ । श्रीमतीसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक संजालमाफर्त किशोरीसँग चिनजान र नजिकिएको खुलेको छ । उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । 

खोटाङको ऐँसेलु खर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति निर्मम तरिकाले धारीलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो । हत्या गरी पक्राउ परेका चौधरी विरुद्ध ज्यान मुद्दा चलाइने मोरङ प्रहरीले बताएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्