नेभिगेशन
सुरक्षा–अपराध

नापी कार्यालय कलङ्कीका सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा हाल साविक गरी पुर्जा उपलब्ध गराउने कामका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा नापी कार्यालय कलङ्कीमा कार्यरत सर्वेक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नापी कार्यालय कलङ्कीमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवामा काम गर्ने नेत्रबहादुर पोखरेलले जग्गा हाल साविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराउने प्रयोजनका लागि सेवाग्राहीसँग रु एक लाख बराबरको घुस लिँदै गरेको बेला आयोगले पक्राउ गरेको थियो ।

लेखापढी व्यवसायी पोखरेलले रु एक लाख घुस लिएको र त्यसमध्ये रु ५० हजार चौलागाईलाई बुझाएको आयोगको भनाइ छ । आयोगले उनीहरुविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

आईजी पुगे सीआईबी