त्रिकोणात्मक टी–२० सिरिज : नेपाल फाइनलमा

नेदरल्यान्ड्समाथि नेपालको शानदार जीत

शनिबार, फागुन १९, २०८०

काठमाडौं- नेदरल्यान्ड्समाथि नेपालले शानदार जित निकालेको छ ।

राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत कीर्तिपुर मैदानमा १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । यस्तै गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३/२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

यो जितसँगै चार खेलमा चार अङ्क जोडेको नेपालको फाइनल सम्भावना बलियो बनेको छ । त्यसैगरी पहिलो पराजय व्यहोरेको नेदरल्यान्ड्सको तीन खेलबाट चार अङ्क छ ।

नेपाल पहिलो खेलमा नामिवियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यसैगरी तेस्रो खेलमा नेपालले नामिवियालाई ३ रनले पराजित गरेको थियो । भोलि नेदरल्यान्ड्स र नमिवियाबीच खेल हुनेछ ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार