हिरासतमा लघुवित्त पीडित

संसद् भवन छिर्ने लघुवित्तपीडितलाई ७ दिन हिरासतमा राख्न अनुमति

मंगलबार, फागुन १५, २०८०

काठमाडौँ– संसद भवन नयाँ बानेश्वरमा छिरेका लघुवित्तपीडितलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

गत सोमबार संघीय संसद भवन छिरेका ४८ महिला र एक पुरुषसहित ४९ जनालाई अदालतले आज ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । 

प्रहरीले शान्ति सुरक्षामा खलल पारेको अभियोगमा अनुसन्धान गर्न उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । 

प्रहरी वृत्त सिंहदरबारका अनुसार विभिन्न ५ बुँदे माग राख्दै काठमाडौँ आएका पीडितहरू भित्र बोलाएको भन्दै गेटबाट छिर्न खोज्दा पक्राउ परेका हुन् । तर, केही प्रदर्शनकारी भने भित्र पुग्न सफल भएका थिए । 

उनीहरुलाई प्रहरीले तत्काल पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो । अहिले उनीहरुलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्