संसद् भवन प्रवेश गर्ने ४९ लघुवित्तपीडित प्रहरी नियन्त्रणमा

सोमबार, फागुन १४, २०८०

काठमाडौं- नयाँ बानेश्वरस्थित संसद् भवनभित्र लघुवित्तपीडित छिरेका छन् । विभिन्न माग राख्दै काठमाडौं आएका पीडितहरू सोमबार संसद् भवन प्रवेश गरेका हुन् ।

संसद् भवन प्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । उनीहरू भित्र बोलाएको भन्दै गेटबाट छिर्न खोज्दा पक्राउ परेका हुन् । केही प्रदर्शनकारी भने भित्र पुगेका थिए । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्