नेभिगेशन
सुरक्षा–अपराध

ज्ञानेन्द्र शाहका संवाद सचिव पाठक कागज गरेर छुटे

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक तीन बुँदे कागज गरेर छुटेका छन् ।

शुक्रबार दिउँसो प्रहरी नियन्त्रणमा रहेका पाठक साँझ तीन बुँदे कागज गरेर छुटेका हुन् । उनलाई तीन बुँदे कागज गराएर परिवारको जिम्मामा छाडेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

आफ्नो फेसबुकबाट संविधानले नचिन्ने भाषामा मेसेजहरू सम्प्रेषण नगर्ने,यसरी पोष्ट गरिएको मेसेजहरू डिलेट गर्ने र अबदेखि श्री ५ महाराजधिराज भनेर समाचार नदिने भनेर कागज गरी परिवारको जिम्मामा छोडेको प्रहरीको भनाई छ।

संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध