नेभिगेशन
सुरक्षा–अपराध

अफताबविरुद्ध पत्रकार सम्मेलनमा उभ्याइएका गौरीशंकरलाई चार अपराधमा मुद्दा चलाइएको थियो

काठमाडौं– उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले निर्दोष करार गरेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अफताब आलमविरुद्ध पीडित भनेर खडा गरिएका भारतीय नागरिक गौरीशंकर राम चमारमाथि चार अपराधमा प्रहरीले मुद्दा चलाएको विवरण फेला परेको छ।

राजनीतिक प्रतिशोध लिनका लागि एमालेका शैलेन्द्र साहले भारतबाट काठमाडौंसम्म ल्याएर पत्रकार सम्मेलन गरी उभ्याएका गौरीशंकरमाथि अपहरण तथा शरिर बन्धक, खर खजाना, लागु औषध र हातहतियारमा पक्राउ गरी मुद्दा चलाइएको विवरण क्यानडानेपालले फेला पारेको छ।

भारतको सीतामढी थाना बैरगनीया ग्राम महसाका गौरीशंकरविरुद्ध २०६६ साल चैत ५ गते राम प्रवेश साहले अपहरण तथा शरिर बन्धकमा मुद्दा हालेका थिए। 

०६७ फौ.न. १४० को मुद्दाको फैसला जिल्ला अदालत रौतहटले २०६८ वैशाख ६ गते भएको थियो। 

राजपुरमा अफताब आलमले संविधान सभाको चुनावको अघिल्लो दिन बम विस्फोट गराएको दाबी गर्दै पत्रकार सम्मेलनमा पीडितका रुपमा उपस्थित भएका गौरीशंकरविरुद्ध अर्को मुद्दा खर खजानाको थियो। 

तत्कालिन प्रहरी निरिक्षक (इन्स्पेक्टर) रामेश्वर कार्कीले १००/१४५ मुद्दा नम्बरमा २०६६ चैत ५ गते जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा दिएको प्रतिवेदनको फैसला २०७० असोज १० गते तत्कालिन प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिलबहादुर घिमिरेले गरेका थिए। 

सो मुद्दामा गौरीशंकर रामलाई १ बर्ष कैद सजाय तोकिएको थियो। 

स्टोभ पड्किएर घाइते भए पनि बम विस्फोटमा पीडित भएको भन्ने अपत्यारिलो बयानबाजी गरेका गौरीशंकर उपर तेस्रो मुद्दा लागु औषधको थियो। 

तत्कालिन प्रहरी सहायक निरिक्षक (असई) महेन्द्रप्रसाद यादवले तयार पारेको प्रतिवेदनका आधारमा २०६७ सालको मुद्दा १२५ अनुसार जिल्ला अदालतले २०६८ पुस २६ गते दुई महिना कैद र एक लाख जरिवाना गरेको थियो। 

राम आपराधिक गतिविधिको पृष्ठभूमी रहेको र शैलेन्द्र शाहले उपयोग गरी राजनीतिक प्रतिशोध लिनका लागि कृत्रिम पात्र खडा गरिएको अफताब आलमका मेयर छोरा डा. रजिक आलमले दाबी गर्दै शुक्रबार भनेका थिए,‘उनी आपराधिक गतिविधि गरेका मानिस हुन्।’

गौरीशंकरले गरेको अर्को अपराधचाहिँ हात हतियार खरखजानाको हो। यो मुद्दाको प्रतिवेदन तत्कालिन असई महेन्द्रप्रसाद यादवले तयार पारेका थिए।

९२/१२६ नम्बरको मुद्दामा तयार पारिएको प्रतिवेदन २०६७ साउन २१ गतेको थियो। तत्कालिन सीडीओ शिवहरी उपाध्यायले चार बर्ष कैद हुनेगरी २०६९ असार ७ गते फैसला गरेका थिए।

यति मात्र होइन उनै गौरीशंकर रामले केही बर्षअघि जबरजस्ती हालका सांसद किरण साह र प्रहरी मिलेर अफताबविरुद्ध बयानबाजी गराएको बताएका थिए। उक्त भिडिओ क्यानडानेपालसँग सुरक्षित रहेको छ।

यसबाहेक उनको जलन स्टोभ पड्किएको र भारतको सीतामढीबाट रेफर गरी पटना पठाएको ‘रेफरपत्र’ यसअघि नै प्रकाशित गरिसकिएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध