Nic Ad Nic Ad
Nic Ad Nic Ad

अपिपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट नियुक्त

सोमबार, माघ २९, २०८०

काठमाडौँ– अपिपावर कम्पनीको मुख्य लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । 

सय रुपैयाँ अंकित दरका २० लाख कित्ता आईपीओ निष्काशन गर्न आज कम्पनीले नेपाल एसविआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

आईपीओ निष्काशन सम्झौतामा  सुर्यकुण्ड हाइड्रोका अध्यक्षसतिश न्यौपाने र नेपाल एसविआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका छन् । 

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादी खोला हाईड्रोपावर प्रोजेक्टमा ११ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । 

आयोजनाको कूल लागत रु २२० करोड रहने र आयोजनाको लागि आवश्यक ऋण रु १३५ करोड नेपाल एसविआई बैंकको एकल लगानीबाट सम्पन्न भएको छ । यस कम्पनीमा अपि पावर कम्पनीले बहुमत शेयरमा लगानी भएको छ ।

आयोजना अबको १० महिना भित्रसंचालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ केभि डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको समुन्द्रटार सवस्टेशनमा जडान गरी सो विद्युत मातातीर्थ, काठमाडौं ल्याइनेछ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्