नेभिगेशन
पुँजी बजार

प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अंकले बढेको छ । सेसनमा नेप्से परिसूचक ४.२६ अंकले बढेर २७०८.२३ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स भने ०.६९ अंक बढेको छ ।

सेसन अवधिमा ४८ कम्पनीको ३५ हजार २७४ कित्ता शेयरखरिदबिक्री हुँदा १ करोड ६० लाख ४१ हजार ७९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये २८ कम्पनीको मूल्य बढ्यो भने १८ वटाको मूल्य घटेको छ । यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्