नेभिगेशन
सुरक्षा–अपराध

बसको ठक्करबाट पूर्वमन्त्री पौडेलको मृत्यु

काठमाडौँ- नवलपुरमा बसको ठक्करबाट नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री बलराम पौडेलको मृत्यु भएको छ ।

गैंडाकोट कालीगण्डकी चोक नजिकै ग १ ख ८५४७ नम्बरको बसले पौडेलसवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मत्यु भएको हो ।

पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको शव अहिले भरतपुर अस्पतालमा राखिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दए ।

६६ वर्षका पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध