ललितपुरमा जर्मन नागरिक मृत फेला

सोमबार, माघ १५, २०८०

ललितपुर– ललितपुर महानगर नागबहालमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् । 

ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५७ वर्षीया एडल हिप डोरा नाम गरेकी जर्मन महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

घटनाको जानकारी पाउने बितिकै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । कोठाको ढोका खोलेर हेर्दा लडेको अवस्थामा फेला परेको र टाउकोमा घाउ भएर धेरै रगत बगेको देखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए । घटनापछि तालिमप्राप्त कुकुर र पाटन अस्पतालको फोरेन्सीक टोलीले जाँच गर्दा तत्काल शंकास्पद अवस्था नदेखिएकोे खनालले बताए । 

शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । उक्त महिला बिगत दुई बर्षदेखि अपार्टमेन्टमा बस्दै आएकी थिइन् । त्यस्तै उनले काभ्रेमा रिसोर्ट समेत सञ्चालन गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्