हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित नरेश अग्रवाल पक्राउ

शुक्रबार, माघ ५, २०८०

काठमाडौं- राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु छन् । ‘बरामद रकम अझै गनिरहेका छौं’, उनले भने ।

ढुंगानाका अनुसार, बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान छ । अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको सूचना विभागसँग थियो ।

अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको विभागका अधिकृतहरु बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्