Nic Ad Nic Ad
Nic Ad Nic Ad

 ब्रुनाई पठाइदिने भनेर महिलालाई भारतमा बेच्ने तामाङ ३२ वर्षपछि पक्राउ

बिहीबार, माघ ४, २०८०

काठमाडौँ– मानव बेचबिखन अनुसन्धान ब्युरोको  टोलीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई ३२ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

samridhi jewllers

पक्राउ पर्नेमा धादिङ मेत्रावती गाउँपालिका–२ घर भएका ५७ वर्षीय वीरबहादुर तामाङ रहेको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीले जानकारी दिए ।

उनका अनुसार प्रतिवादी तामाङले एक महिलालाई ब्रुनाई पठाइदिने भनी झुक्याई २०४७ साल चैत्र ३ गते काठमाडौँबाट काँकरभिट्टा हुँदै पश्चिम बङ्गालको बागडोग्रामा पुर्‍याई भारतीय नागरिकलाई बेचेका थिए । निजलाई ब्युरोबाट खटिएको टोलीले यही माघ ३ गते ललितपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका निज तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक पँगेनीले बताए । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्