माल्टा पठाइदिन्छु भन्दै ४३ लाख ठगेको आरोपमा महिला पक्राउ

मंगलबार, माघ २, २०८०

काठमाडौँ– माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा पाल्पा बग्नासकाली गाउँपालिका १ घर भई हाल काठमाडौं १५ स्वयम्भू बस्ने ३० वर्षीया मायादेवी राना हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई  तीन दिनअघि स्वयम्भूबाट पक्राउ गरेको हो ।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार रानाले दीपकराज कँडेलसहितका व्यक्तिबाट माल्टा पठाउने बहानामा ४३ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

प्रतिव्यक्ति आठ लाख रुपैयाँ लागत लाग्ने र माल्टा पुगेपछि होटलमा काम लगाइदिने भन्दै उनले रकम संकलन गरेकी थिइन् । रकम लिएर सम्पर्कविहीन भएपछि रानाविरूद्ध पीडितले अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए ।

रानालाई आवश्यक अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्