प्रधानसेनापति शर्माद्वारा दर्ज्यानी चिन्ह प्रदान

सोमबार, पुस १६, २०८०

काठमाडौँ– नेपाली सेनाका प्रधानसेनापति (महारथी) प्रभुराम शर्माले पदोन्नती भएका २ जना सेनानीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को पुष १२ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पवन राज घिमिरे र चोक बहादुर ढकाललाई प्रधान सेनापति शर्माले सोमबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

पदोन्नतिसँगै उपरथी घिमिरे नेपाली सैनिक वार कलेजमा शिक्षाधिकृत तथा उपरथी ढकाल सैनिक सचिव विभाग, अतिरिक्त समूहमा नियुक्त भएका छन् । हाल उपरथी ढकाल अनफिल  मिशनमा डेपुटी फोर्स कमाण्डरको रुपमा कार्यरत छन् । 

Nepal-army_darjyani2-1704124798.JPG

सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानीहरु कमल बानिया, राजाराम बस्नेत, रोज प्रताप राणा, संजय देउजा, पुरन घले, राजेन्द्र श्रेष्ठ, नारायण बहादुर थापा र लेखा महासेनानी राजन अधिकारीलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति रहेको  जङ्गी अड्डाले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २१:४६
प्रतिक्रिया दिनुहोस्