Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली सेनाका भावी प्रधानसेनापतिः पाण्डेको सपनामा तुसारापात, सिग्देलको भाग्य बलियो 

शनिबार, मंसिर ९, २०८०

काठमाडौं नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरेपछि अशोक सिग्देललाई भावी प्रधानसेनापति बनाउनेगरी रथी बढुवाका लागि सिफारिस गरिएको छ।

नेपाली सेनाको रिक्त रथी पदमा बढुवाका लागि उपरथी सिग्देलको नाम सिफारिससँगै जंगी अड्डाले सात दिने सूचना जारी गरेको छ। शुक्रबार रथी सीताराम खड्काको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सिग्देलको नाम सिफारिस गरेको थियो।

रथी बढुवासँगै उपरथी सिग्देल आगामी वर्ष भदौबाट नेपाली सेनाको प्रधान सेनापति बन्ने लाइनमा बस्नेछन्।

आगामी बर्षको २४ भदौमा हालका प्रधानसेनापति प्रभुराम शर्माको कार्यावधि सकिनेछ। २४ साउनमा उनी विदा बस्नेछन् भने सिग्देलले सेनाको कमान्ड सम्हाल्नेछन्।

यसअघि राजनीतिक भिटोका आधारमा पाण्डेले रथीमा बढुवा सिफारिस गराएको आरोप लागेको थियो। यति मात्र नभएर उनको शैक्षिक प्रमाणपत्र नागरिकताको जन्ममिति फरक परेको भनी विवाद उठेको थियो।

तर नेपाली सेनाले राजीनामा गराएर उनलाई उन्मुक्ति गराएको भन्ने अर्को खाले तर्क पनि सतहमा आएको छ। पाण्डे रथी पदका लागि बढुवा सिफारिसमा परे पनि विवाद भएका कारण मन्त्रिपरिषदले अनुमोदन गरेको थिएन।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्