नेभिगेशन
सुरक्षा–अपराध

गौरीशंकर रामका दुई बयान सतहमा, आखिर के हो तथ्य?

काठमाडौं– उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले निर्दोष साबित गरेपछि पनि पूर्वमन्त्री अफताब आलम प्रकरणमा अनेक ट्वीस्ट देखाउने क्रम जारी छन्।

राजपुर बम विस्फोटमा घाइते भएको भनिएका भारतीय नागरिक सितामढीका गौरीशंकर राम ‘चमार’लाई काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रस्तुत गराइयो।

उनले भनेका थिए,‘इटाभट्टामा काम गरेको पैसा लिन जाँदा बम विस्फोट भयो र मेरो शरिरमा छर्रा लाग्दा भाग्न सफल भएँ।’

तर उनै गौरीशंकर रामले आफूलाई सांसद किरण साहसहित प्रहरी अधिकारीले जबरजस्ती बयान गराएको भनिएको अर्को भिडिओ पनि यसअघि नै सुरक्षित रहेको थियो।

उनको शरिरको घाउ र दाग हेर्दा अहिले उनी घटना भएको समयमा भाग्न सक्ने अवस्थामा थिए कि थिएनन्? उनी कतैबाट परिचालित त होइनन् भन्ने शंकाको सुविधा प्राप्त प्रमाणले दिएको छ।

गौरीशंकरले मात्र होइन जिल्ला अदालतमा साक्षी राखिएका अन्य दुई जनाले पनि किरण साहसहित प्रहरीको टोलीले जबरजस्ती खाली कागजमा सही गराएको भनी बयान दिएका छन्। 

बयान मात्र होइन, जिल्ला अदालतमा न्यायाधीशका सामुने नै उनीहरूले प्रहरीले बुझाएको प्रतिवेदनलाई खण्डित हुनेगरी बलजफ्ती साक्षी राखेको भनी बयान दिएका अदालती कागजात पनि सुरक्षित छन्।

उनलाई नेकपा एमालेको राजनीति गरेका शैलेन्द्र साहले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गराएका थिए भने उनका अर्का मित्र एमाले सांसद किरण साहले संसदनमा प्रश्न उठाएका थिए।

आलमलाई न्याय दिने न्यायाधीशहरुमाथि आक्रमणको प्रयास एकातिरबाट भयो भने अर्कातिर न्याय परिषदले छानबिनको दायरामा पनि तानेको छ। 

‘भिँडको दबाबका कारण नैतिक दबाबमा परेपछि न्याय परिषदले न्यायाधीशलाई छानबिन गर्ने भन्ने बाध्यतामा परेको छ। तर, सतहको सत्य के हो भन्नेतिर कोही लागेको छैन’, उच्च स्रोतले भन्यो,‘अर्कातिर केही ठूला मिडियाले अदालतको आदेश विपरित दोषी हो भन्ने हिसाबले प्रचार गरिरहेका छन्।’

यी सबै घटनालाई नजिकबाट नियाँलिरहेका आलमका परिवार भने पीडामा परेको बोध गरिरहेका छन् भने अचम्म पनि मानिरहेका छन्। 

आलमका कान्छा छोरा तथा राजपुर नगरपालिकाका मेयर डा. रजिक आलम भन्छन्,‘सत्य एकातिर छ, प्रचार अर्कातिर गरेर पीडा दिने काम भएको छ। प्रमाण खोज्ने र देखाउने हैन, सृजना गर्ने काम भैरहेकोले दुखित बनाइरहेको छ।’

आलम परिवार हजुरबाको पुस्तादेखि नै रौतहटबाट राजनीति गर्ने परिवारका रुपमा स्थापित थियो। त्यसैको निरन्तरतमा अफताब र यसपछि नगरपालिकामा डा. रजिक मेयर निर्वाचित छन् भने गत निर्वाचनमा उनका दाजु किरण साहसँग पराजित भएका थिए। 

सांसद साहले राजनीतिक प्रतिशोधका निम्ति पूर्वमन्त्री कांग्रेस नेता अफताब आलममाथि अभियोग लगाउन साक्षीका रुपमा जबरजस्ती बयानबाजी गराएको दाबी स्थानीयले पनि गरेका छन्। 

साहको दबाबमा नै तत्कालिन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख हालका एसएसपी भूपेन्द्र खत्रीले साक्षी र प्रमाणका रुपमा पेस गरेका गौरी शंकर रामलाई बयान गराएका थिए। 

उनी जलेको भनी प्रतिवेदन तयार पारी जिल्ला अदालतमा बुझाए पनि रामले दिएको बयानमा बलपूर्वक दस्तखेत गराएको बताएका थिए। 

स्टोभबाट खाना बनाउने क्रममा घर जल्दा अनुहार पनि जलेको उनले बयान दिएका छन्। उनको बयानअनुसार सीमावर्ती भारतीय सीतामढीमा रहेको जलन अस्पतालमा उपचार भएको थियो।

सदर अस्पताल सीतामढीका मेडिकल सुप्रिडेन्टेन्टले प्रमाणित गरेको कागजमा २९ सेप्टेम्बर १९९८ मा अस्पतालमा भर्ना गरी उपचार गरेको र थप उपचारका निम्ति १ डिसेम्बर १९९८ मा पीएमसीएच पटनामा रेफर गरिएको कागज छ।

यस्तो छ रेफर कागज 
WhatsApp-Image-2025-05-31-at-10.32.49-1751972819.jpeg
मिडिया र सोसियल मिडियामा एकतर्फी रुपमा पेल्ने काम भएको मात्र हैन, अनेक प्रकारको अफवाह पनि फैलाइएको परिवारको आरोप छ। 

उच्चले दिएको सफाईका विरुद्ध सरकारी वकिलको कार्यालय सर्वोच्च जाने तयारीमा रहेको छ। सर्वोच्चमा समेत मुद्दा पुग्न सक्ने आधार हुँदाहुँदै भोलीका दिनमा पनि ‘मिसलिड’ हुनेगरी पेलिएको परिवारको भनाई छ।

यति मात्र होइन शैलेन्द्र साह स्वार्थ बाझिनेगरी आफैं सरकारी साक्षी पनि बसेका थिए। ०६४ सालमा अफताबसँग संविधान सभाको निर्वाचनमा पराजित भएका उनी घटनाको साक्षी बस्नु नै प्रतिशोधात्मक मानिन्छ। जबकि, घटना सोही सालमा भएको भनी दाबी गरिएको थियो।

उनीबाहेक जिल्ला अदालतमा उपस्थित गराइएका अन्य सरकारी साक्षीले अदालतमा उपस्थित भएर जबरजस्ती हस्ताक्षर गराएको भनी बयान गरेका थिए। 

उच्च अदालतले हेर्ने भनेको जिल्लामा समेत तयार पारी पठाइएको मिसिल, प्रहरी प्रतिवेदन र घटनाको ठोस प्रमाण पनि हुन्छ। जिल्ला अदालतमा पेश गरिएको प्रहरी प्रतिवेदनअनुसार अदालती बयान पनि छैन। त्यहाँ जम्मा शैलेन्द्र साहले मात्र बम विस्फोट भएको बताउँदा अन्य ९ जनाले नकारेका थिए।

अजली मियाँ अन्सारीले त प्रहरीकहाँ लगेर सादा कागजमा सही गराएर आलमको बिरोधमा बोल्नका लागि दबाब दिएको बताएका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध