नेभिगेशन
सुरक्षा–अपराध

पति अर्की युवतीको कोठामा जाँदा महिलाको जत्था भेला पारी कुटपिट, झापामा गंगाको ज्यान गयो

काठमाडौं– झापाको अर्जुनधारा नगरपालिका–४ भाङवारी घर भएकी ८ नम्बर वडा शनिश्चरे क्याम्पस नजिक बस्ने एक जना २२ बर्षिया युवतीको कुटपिटका कारण मृत्यु भएको छ।

सामूहिक कुटपिटबाट २२ बर्षिया गंगा राईको मृत्यु भएको हो। 

आफ्ना पति गंगाको कोठामा गएको झोकमा सुस्मिता भुसालले साथी भेला गराई सामूहिक कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मंगलबार राति ११ः३० बजे भोजपुर रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने ३२ वर्षीया सुस्मिताले सोही ठाउँका ५४ वर्षीया मैया श्रेष्ठ,३८ वर्षीया बबिता विक,२४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासलाई बोलाएर गंगामाथि कुटपिट गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घाइते राईलाई शंकर अस्पताल शनिश्चरेमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको थियो। उनको उपचारको

क्रममा सोही अस्पतालमा बिहान १ः२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। प्रहरीले कुटपिट घटनामा संलग्न ५ जना महिला र सुस्मिताका पति रमेश भुसाललाई नियन्त्रणमा लिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध