नेभिगेशन
सुरक्षा–अपराध

ललितपुरको सानेपामा थियो डेरा, १५० करोडमाथिका क्रिप्टो कारोबारीलाई सीआईबीले समात्यो

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको सानेपामा अवैध क्रिप्टो र हुन्डी कारोबार गरेको अभियोगमा दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका–२ सानेपामा विशेष सूचनाका आधारमा भारतीय नागरिक रुपेशकुमार गुप्ताले सञ्चालन गरेको राजतिर्थ ट्रेडर्स नामको किराना पसलको आवरणमा गैरकानुनी हुन्डी र अभौतिक मुद्राको कारोबार गरेको सीआईबीले पत्ता लगाएको थियो।

भारतको बिहार मोतिहारीका गुप्ताका साथमा ५ थान मोबाइल, नेपाली ८ लाख २० हजार र भारतीय १० लाख रुपैंया प्रहरीले जफत गरेको हो। 

यस्तै सीआईबीका अनुसार भारतको पूर्वी चम्पारनका बिपिन कुमार नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। उनका साथबाट संरक्षित बन्यजन्तु कस्तुरीको विना, (अखेटोपहार)जस्तो देखिने बस्तु (७४ ग्राम) एक थान जफत गरिएको सीआईबीले जनाएको छ।

सोमबार पक्राउ गरिएका उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को अभौतिक मुदको प्रयोग गर्न नहुने हुन्डिसम्बन्धी कारोबार गर्न नहुने कसुर र बन्यजन्तुसम्बन्धी कसुरमा अनुसन्धान जारी छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध