नेभिगेशन
सुरक्षा–अपराध

रसुवागढी हाइड्रोपावरमा फँसेका २३ जनालाई सेनाले निकाल्यो

काठमाडौं– बाढीका कारण संकटमा फँसेका रसुवागढी हाइड्रोपावरका २३ जना कामदारलाई नेपाली सेनाले हेलिकोीटरमार्फत निकालेको छ।

नेपाल चीन सिमानाको लेन्डे खोला हुँदै भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरूलाई उद्दार गरिएको हो। 

अन्य सुरक्षा निकाय र स्थानीयहरूको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ। 

सेनाको धादिङ्ग स्थित नं.६ बाहिनी अड्डाबाट गल्छी हुँदै त्रिशुलीतर्फ र रसुवास्थित श्रीनाथ गणबाट स्याफ्रुवेशी ईलाकातर्फ बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यका लागि थप फौज खटिएको पनि सेनाले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध