शेयर बजार आज एक अङ्कले बढ्यो

सोमबार, मंसिर ४, २०८०

काठमाडौँ- ११ दिनपछि खुलेको शेयर बजार आज सोमबार एक अङ्कले बढेको छ । तिहार र अन्य बिदाका कारण गएको कात्तिक २३ गतेपछि आज खुलेको शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ विन्दुमा पुगेको छ ।

आज होटेल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, लघुवित्त र अन्यबाहेक सबै समूहकाे शेयर बढेको छ । आज बीमा, विकास बैंक र व्यापार समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेको छ । आज ग्लोबल आईएमई लघुवित्त र कर्णाली विकास बैंक शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज फरवार्ड माइक्राेफाइनान्स लघुवित्त र सयपत्री जलविद्युतकाे शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेकाे छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार