Nic Ad Nic Ad
Nic Ad Nic Ad

कनकमणिलाई रविन्द्रको दनक– बाजेले घिउ खा’थिए, हात सुँघ–सुँघ भन्ने संस्थाको अनुयायी होइन

शुक्रबार, मंसिर १, २०८०

काठमाडौंपत्रकार कनकमणि दिक्षितलाई राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सामाजिक सञ्जाल ट्वीटरमा कडा उत्तर दिएका छन्। सामान्य शव्दमा यसलाई दनक पनि भन्न सकिन्छ।

मिश्रले यस्तो लेखेका छन्।

तिहारको दुई दिन ट्विटर (एक्स) मा केही विषयबारे दोहरी चल्यो।

दोहोरीको यो खण्डमा अन्य कतिपयले उठाउने प्रश्नका जवाफ पनि रहेकोले यहाँ शेयर गर्नु उपयुक्त ठानेँ। संवादका अन्य अंश मेरो ट्विटरमा उपलव्ध छ।

कनकजी,

तपाईंसँगको ट्विटर (एक्स) संवादले केही कुरा पुनः प्रष्ट पार्ने मौका मिलेको छ।

तपाईंले बाँकी आफ्नो लेखमा बेलिबिस्तारमा छ भनेजस्तै, म बाँकी कुरा मेरो स्तम्भ संग्रह भूमध्यरेखामा बेलिबिस्तारमा छ भन्दै केही कुराहरू उल्लेख गर्न चाहन्छुः

१. मनुज चौधरीका नामबाट लेखिएका स्तम्भहरू पढ्नुभयो भने त्यतिबेला राजाले लिएको कदमको प्रशस्त आलोचना पाउनु हुन्छ तर सारमा नेपाली मिडिया, नागरिक समाज र जनता प्रतिकृयात्मक बढी छन्, बहकिन्छन्। म मेरो बाजेले घिउ खाथिए, मेरो हात सुँघसुँघ भन्ने संस्थाको कुनै अनुयायी होइन तर एकजना राजासँग रिस साँध्न राजदरबार भत्काएर त्यसको ठाउँमा दिल्ली दरबार (प्रतिकात्मकरूपमा विदेशी हष्तक्षेप भन्न खोजिएको) निर्माण नगरौँ। किनभने, नेपालीले नेपालीलाई हानेको चड्कन सहन सकिन्छ, विदेशीले नेपालीलाई हानेको चड्कन सहन सकिँदैन भन्नेमा जोड दिएको छु।

अहिले पनि म आफूलाई नेपालवादी भन्न रूचाउँछु। नेपालवादी भएकै कारण तिब्ररूपमा बढेको देशको भूराजनीतिक, आन्तरिक संवेदनशीलता र राष्ट्र र राज्यका रूपमा भएको नेपालको डरलाग्दो क्षयीकरणलाई बुझेर राजसंस्थावादी भएको हुँ। त्यसैले देशभन्दा माथि नरेश होइन। देशका लागि नरेश भन्न रूचाउँछु।

त्यो तर्क स्वीकार्नु नस्वीकार्नु सुन्ने पढ्ने व्यक्तिको इच्छा, जसलाई म सम्मान गर्छु।

२. मनोज चौधरीको स्तम्भबारे टिप्पणी गर्दै कतिपयले अझै पनि भन्ने गर्छन्, रवीन्द्र मिश्र पहिलेदेखि राजावादी थियो।’’ यो कुरा बढो रमाइलो छ।

माओवादी सशस्त्र द्वन्द्वका बेला जब मैले द्यद्यऋ बाट भूमिगत रहेका माओवादी नेताहरूको बेलाबखत अन्तर्वार्ता लिन थालेँ मलाई एउटा कित्ताले माओवादीको पिठ्ठू, हत्याहिंसाको प्रवर्तकको ट्याग लगाइदियो।

२०५६ सालको आम निर्वाचन अगाडि विविध कारणहरू दिँदै अबको निर्वाचन एमालेले जित्नुपर्छ भनेर जब मैले एउटा लेख के लेखेको थिएँ, एमाले कहलिन थालेँ।

त्यसपछि, कुन विन्दूमा हो मलाई लण्डनमा बस्ने खाँटी काँग्रेसी भन्न थालियो र त्यसबारे मैले एउटा स्तम्भमा उल्लेख पनि गरेको छु। २०६२÷६३ सालको आन्दोलनपछि म धेरैको आँखामा राजावादी बनेँ।

मैले राजनीतिक यात्रा शुरू गरेपछि कतिपयका लागि म योरोपियनको पैसा खाएर पार्टी चलाउने दलाल, क्रिस्टियानटी फैलाउन आएको एजेण्ट बनेँ।

अहिले म तपाईंजस्ता कयौँको आँखामा दास मानसिकता बोकेको, समयसँग बदलिन नसक्ने प्रतिगमनकारी पश्चगमनकारीमा रूपान्तरित भएको छु।

३. बीबीसीमा हुँदा स्वीकृति लिएर मैले मेरै नामबाट लेखहरू लेख्ने गर्थेँ। त्यसमध्ये भूमध्यरेखा स्तम्भ धेरैलाई याद छ। तर बेलायतमा बीबीसीसँग सम्वन्धित सन् २००३ मा घटित एकजना वैज्ञानिकको आत्महत्या कारण बीबीसीले आफ्ना पत्रकारहरूलाई बाहिर लेख्नमा कडाइ गर्यो। तर पनि सम्वन्धित हाकिमको स्वीकृतिमा लेख्न सकिन्थ्यो, पुस्तक प्रकाशन गर्न सकिन्थ्यो।

त्यतिबेला अफ्टेरो समय भएकोले मलाई आफ्नै नाममा नलेख्न भनियो। मैले त्यसै गरेँ।

कान्तिपुरको नेपाल साप्ताहिकमा मनुज चौधरीको नामबाट हामी नेपाली लामै समय र तपाईंको प्रकाशन गृहको ल्भउबष् ित्ष्mभक मा रविन राजको नामबाट लन्डन आई स्तम्भ फाट्टफुट्ट लेखेँ। दुबै स्तम्भबारे संवन्धित प्रकाशनका सम्पादकलाई थाह नहुने कुरै भएन।

पछि, द्यद्यऋ ले मलाई सन् २०१० मा मेरो आफ्नै र मनुज चौधरीको नामबाट प्रकाशित स्तम्भहरू पुस्तकका रूपमा प्रकाशन गर्ने स्वीकृति दियो र मैले भूमध्यरेखा र हामी नेपाली श्रृंखलामा प्रकाशित स्तम्भहरूको संग्रह (भूमध्यरेखा) निकालेँ।

भएको कुरा यही हो। बाँकी त जसलाई जे भन्न मनलाग्छ, भने भइहाल्छ। अनि ठ्याक्क तिहारको छुट्टी परेकोले सामाजिक सञ्जालमा तपाईंसँग दोहोरी खेल्ने मौका पनि मिल्यो। नत्र म कहिलेकाहिँ फाट्टफुट्ट, टाच्चटुच्च मात्र जवाफ दिने मान्छे हुँ।

प्रचण्डद्वारा प्रेरित, राजा ज्ञानेन्द्रको माघ १९ को कदमद्वारा सहजिकृत र तपाईंजस्ता अग्रगामीहरूद्वारा पालित र पोषित यो विनासकारी अग्रगमनले यो देश तपाईंका छोराछोरी र नातिनातिनाका लागि बस्न योग्य रहने छैन। जहाँसम्म सक्नुहुन्छ, घिसार्नुहोस्।  म गलत सावित हुँ। खुशी हुनेछु!

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्